काठमाडाैँ । विद्युत् विकास विभागले निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा जलविद्युत् आयोजना विकास गर्न याेग्य कम्पनीहरूबाट आशय प्रस्ताव माग गरेकाे छ । विभागले ३६५.४२ मेगावाटकाे ८ आयोजना बुट अवधारणाअनुसार निर्माण गर्न आशय प्रस्ताव माग गरेको हो ।
विभागले ५०.५ मेगावाट क्षमताको बेनी कालीगण्डकी, ४७ मेगावाटको दुधकोसी–४, २१.४ मेगावाटको इन्खु खोला, ६१.०२ मेगावाटको हुम्ला कर्णाली, ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, ४९.५ मेगावाटको लोती कर्णाली, ३०.२ मेगावाटको तल्लो होङगु, ४०.८ मेगावाटको संखुवा खोला–१ आयोजनामा आशय पत्र मागेको छ । आठ आयोजनाको कुल क्षमता ३६५.४२ मेगावाट छ ।
इच्छुकले आशय प्रस्ताव २०८२ जेठ १५ गतेसम्म विभागमा बुझाउनुपर्नेछ । छनोट प्रक्रिया सम्बन्धित प्राविधिक क्षमता, वित्तीय अवस्था तथा परियोजना अवधारणाको मूल्यांकनका आधारमा गरिने उल्लेख छ ।








