Sunday, May 31, 2026
spot_img

कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरु

spot_img

Share

spot_img

काठमाडाैँ । भीमफेदी गाउँपालिका–१ सानुटारस्थित कुलेखानी जलविद्युत् आयोजना तेस्रोको एउटा टर्वाइनमा देखिएको ‘एलाइनमेन्ट’ समस्या मर्मतपछि विद्युत् उत्पादन सुरु गरिएको छ । १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना १४ दिनपछि सोमबारबाट पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

१५ वैशाखदेखि बन्द रहेको एउटा युनिटको जेनेरेटर प्लेटको मर्मत भएपछि विद्युत उत्पादन सुरु भएकाे हाे ।

जलाशययुक्त इन्द्रसरोवरमा आधारित कुलेखानी जलविद्युत् आयोजना तीनवटा केन्द्रमा सञ्चालनमा रहेको छ । कुलेखानी पहिलो ६० मेगावाट, दोस्रो ३२ मेगावाट र तेस्रो १४ मेगावाट क्षमताका छन्। 

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img