Sunday, August 9, 2026
spot_img

योजनाबद्ध रुपमा विद्युतिय संजालको विकाश नगर्दा लाइन ट्रिपिङ्गको समस्या

spot_img

Share

spot_img

काठमाडौँ । विगतका बर्षहरुमा समेत प्रि मनसुन र मनसुनको समयमा हावाहुरी अधिक बर्षा लगायतका कारणले लाइन ट्रिपिङ्गको समस्या रहेको थियो । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ्ग हुदा समेत अत्याधिक लाइन ट्रिपिङ्गको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए

समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर न त कमिटिले रिपोर्ट दिनुपर्ने , दिए पनि कार्यान्वयन नहुने प्रवृति विगतमा थियो । २०८०। ०४।२६ मा बनेको कमिटीले पनि कुनै रिपोर्ट दिएको छैन । प्रष्ट भन्नुपर्दा उच्च स्तरिया यो कमिटि समस्या समाधानका लागि नभइ जनआक्रोश कम गर्न बनाइएको थियो ।

योजनाबद्ध रुपमा विद्युतिय संजालको विकाश नगरि सस्तो लोकप्रियताका लागि आफु अनुकुल वितरण तथा प्रशारण प्रणाली विकाश गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको हो ।

विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडि सामाजिक संजालमा अभिब्यतm भनाइमा कत्ति पनि सत्यता छैन । सामाजिक संजालमा रहेको आफ्नो प्रभावलाई गलत सुचना तथा सामाजिक आक्रोशमा बदल्नका लागि नियोजित रुपमा प्रयोग गरिरहिएको छ । यस्ता कार्यमा निर्वाचित जनप्रतिनिधि ,लोकप्रिय कलाकार समेत जोडिने विषय चिन्ताजनक छ र विषय बस्तु नवुझि अभिब्यक्त हुने भनाइले समस्या समाधानका लागि सकारात्मक योगदान पुराउन सक्दैन । प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नु पर्दछ ।

हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडी नलागि यो समस्याको दिर्घकालिन समाधानका लागि कार्य गर्दछ , तर नतिजा देखिन समय लाग्छ । विगतका बर्षहरमा पनि समाजिक संजालमा आक्रोश ब्यतm भएको थियो त्यसलाई गम्भिरता पुर्वक लिएर समस्या समाधानका लागि कार्य गरेको भए यो अवस्था आउने नै थिएन ।

हाम्रो विद्युत प्रणाली कुनै ब्यक्ति हुदा र नहुदा कमजोर बलियो हुने होइन । यसका लागि विशुद्ध प्राविधिक कार्य गर्नुपर्छ । अत्याधिक मात्रामा प्रशारण तथा वितरण लाइन निर्माण ,स्तरउन्नति तथा एउटा लाइन वा ट्रान्सफर्मरमा समस्या आउदा अर्कोबाट तत्काल संचालन गर्न सकिने गरि बनाउनु पर्दछ । प्रविधिक पक्षको यो समस्या आज वा भोलि समाधान हुने होइन , यसका लागि समय लाग्छ ।

विद्युत प्रणालीमा समय समयमा देखिने प्रविधिक समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि ने.वि.प्रा प्रतिवद्ध रहेको छ । अत्याधिक लागत लाग्ने कार्य एकै पटक नभइ तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाइ गरिनेछ । ने.वि.प्रा आफ्ना उपभोक्ताहरुलाई नियमित, गुणस्तरिय र भरपर्दो विद्युत उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । आम उपभोक्ताले यस विषयमा देखाउनु भएको चासो र चिन्तालाई हामीले सकारात्मक रुपम लिएका छौ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img