Thursday, February 19, 2026
spot_img

पूर्वाधार विकाशमा निजी क्षेत्रको सहकार्य जरुरी : मन्त्री दाहाल

spot_img

Share

spot_img

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकाशमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताएका छन् । सिमेन्ट उत्पादक संघले सोमबार ललितपुरमा गरेको क्रंक्रिट सडक ढलान सम्वन्धिको कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरि पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरि रहेको बताए ।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्रको पहिचान आवश्यक रहेको समेत उनले उल्लेख गरे ।

नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगती र टिकाउपनाका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरि प्रवद्र्धन गर्न सकिने पनि उनले बताए । नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले शुरु भएका आयोजनाहरुलाई निर्धारित समयमानै पूरा गर्न र अब शुरु गरिने आयोजनाहलाई समेत तोकिएकै समयमा पूरा गराउने वातावरण वनाउन आश्यक रहेको बताए ।

कार्यक्रममा विज्ञहरुले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रुपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दिर्घकालिन रुपमा किफायती हुने बताएका थिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img