Thursday, March 12, 2026
spot_img

‘टेक एण्ड पे’ को प्रावधान संशोधन नगरे विद्युतगृह बन्द गर्ने इप्पानको चेतावनी

spot_img

Share

spot_img

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा विद्युत् खरिद सम्झौता (पीपीए)को ‘टेक एण्ड पे’ को प्रावधान संशोधन नगरे विद्यतगृह नै बन्द गर्ने चेतावनी दिएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाका सबै पावरहाउस बन्द गर्ने चेतावनी दिएको हो ।

इप्पानले आज ऊर्जा आयोजना गरेको ऊर्जा उत्पादकहरुको भेलामा सहभागी ऊर्जा उत्पादकहरुले सरकारले ल्याएको यो पीपीएको प्रावधान नहटाए पिक आवरमा विद्युत् उत्पादन बन्द गर्ने बताए ।

इप्पानका अध्यक्ष गणेश कार्कीले अहिले ८० प्रतिशत बिजुली निजी क्षेत्रले उत्पादन गरेको भन्दै सरकारले पीपीएको प्रावधान संशोधन नगरे विद्युत् उत्पादन नै बन्द गर्ने चेतावनी दिए । उनले यदि निजी क्षेत्रले बिजुली नदिने हो भने नेपाल विद्युत प्राधिकरण नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने बताए ।

उनले यो पीपीएको प्रावधानले ऊर्जा क्षेत्र नै समाप्त हुने पनि बताए । उनले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनको मार्गचित्र बनाएर हिँडिसकेपछि विद्युत खरिद सम्झौतामा टेक एण्ड पे ल्याउनु दुःखको कुरा भएको भन्दै गम्भीर आपत्ति जनाए ।

बजेटमा आएको व्यवस्थाले १ हजार १ सय १७ मेगावाटका आयोजना प्रभावित हुने भएको छ । निजी ऊर्जा प्रवद्र्धकहरुले यी आयोजनामा ६६ अर्ब बढी लगानी गरिसकेका छन् । ‘सरकार र विद्युत प्राधिकरणलाई विद्युत व्यापार गर्न नसक्ने हो भने हात उठाएर घोषणा गर्नुहोस,’ उनले भने, ‘अनुमति दिएमा निजी क्षेत्र आफैले विद्युत ब्यापार गर्न सक्षम भइसकका छौ ।’

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img