Saturday, May 30, 2026
spot_img

३३ देखि ४०० केभी क्षमतासम्मका ७ हजार सर्किट किलोमिटर लाइन निर्माण

spot_img

Share

spot_img

काठमाडौँ । नेपालमा हालसम्म ३३ केभी र सो भन्दा माथिका क्षमताका ६ हजार ७७४ सर्किट किलोमिटर लामो प्रसारण लाइन निर्माण भइसकेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार २०८१ फागुनसम्म लाइन निर्माण भएको हो ।

२०८१ असारसम्म ३३ केभी र सो भन्दा माथिको ६ हजार ४६२ सर्किट किलोमिटर लाइन निर्माण भएकोमा २०८१ असारसम्म ३१३ सर्किट किलोमिटर थप भएको हो ।

यसैगरी, ३३ केभी र सो भन्दा कम क्षमताका २ लाख १० हजार ३१७ सर्किट किलोमिटर लाइन निर्माण भएको छ ।

२०८१ असारसम्म वितरण लाइन (४००/२३० भोल्ट) १ लाख ५० हजार ४७७ सर्किट किलोमिटर रहेकोमा २०८१ फागुनसम्म १ लाख ५२ हजार ३१ सर्किट किलोमिटर निर्माण भइसकेको छ ।

लाइनको ४४६ आयोजना निर्माणका विभिन्न चरणमा

विद्युत् विकास विभागका अनुसार अहिले ४४६ प्रसारण लाइन आयोजना निर्माणका विभिन्न चरणमा छन् । विभागका अनुसार ३३ केभीदेखि ४०० केभी क्षमतासम्मका लाइनहरू निर्माणका विभिन्न चरणमा छन् ।

विभागको तथ्यांकअनुसार २७० प्रसारण लाइन आयोजनाले निर्माण अनुमति लिई निर्माणको विभिन्न प्रक्रियामा रहेका छन् । यसैगरी, १६ आयोजनाले भने निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

१४१ प्रसारण लाइन परियोजनाले सर्भे लाइसेन्स लिई अध्ययन गरिरहेका छन् । बाँकी १९ आयोजनाले भने अध्ययन अनुमतिका लागि विभागमा आवेदन दिएका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img