Tuesday, April 21, 2026
spot_img

हुवावे र निकको सहकार्यमा चार्जिङ स्टेसन सञ्चालन, अझै २०० वटा निर्माण गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । विद्युतीय उपकरण ट्रान्सर्फमर उत्पादक निजी कम्पनी नेपाल एकरात इन्जिनियरीङ (निक) र गाडी चार्ज प्रालिको सहकार्यमा हुवावे नेपालले हेटौंडामा अत्याधुनिक प्रविधियुक्त विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ ।

हेटौडामा फ्युजन चार्ज स्मार्ट इभी चार्जिङ नेटवर्क सञ्चालनमा ल्याएको छ । सन् २०२५ भित्र देशव्यापी रुपमा चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्यका साथ हुवावेले पहिलो स्टेसन सञ्चालनमा ल्याएको हो ।

४ सय किलोवाट क्षमताको चार्जिङ स्टेसनबाट ५ देखि १५ मिनेटमा सवारी चार्जिङ भइसक्ने दाबी स्टेसन प्रमुख प्रेशा श्रेष्ठले जानकारी दिइन् । करिब ११ महिनाको लामो प्रयासपछि स्टेसन स्थापना भएको उनको भनाइ छ । स्टेसनमा ५ वटा प्वाईटमार्फत सवारीलाई चार्ज गर्न सकिने व्यवस्था गरिएको छ ।

स्टेसनमा विद्युत आपुर्ति बन्द हुन नदिन २४०/२२० केभीको सोलारको पनि व्यवस्थापन गरेको श्रेष्ठले जनाइन् । नयाँ पुस्ताका लागि तयार पारेको फ्युजन चार्जमा आधारित स्मार्ट इभी चार्जिङमा सोलार पिभी र ऊर्जा भण्डारण प्रणाली समेत रहेको छ ।

चिनियाँ कम्पनी हुवावे र गाडी चार्जरको संयुक्त लगानीमा देशभर अझै २०० चार्जिङ स्टेसन निर्माण हुने भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img