Sunday, May 24, 2026
spot_img

झापा इनर्जीद्वारा ४ करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्री

spot_img

Share

spot_img

काठमाडाैँ । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा ४ करोड ७० लाख ९३ हजार ४९७ मूल्य बराबरको विद्युत् बिक्री गरेकाे छ । कम्पनीले आव २०८२/८३ काे ५ महिनाकाे अवधिमा नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको हाे ।

कम्पनीका सञ्चालक समिति अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार उक्त अवधिमा झापा इनर्जीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा अवस्थित १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ ।

झापा इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्युतको व्यावसायिक उत्पादन सुरु गरेको हो । यसअघि कम्पनी र प्राधिकरणबीच २०७८ साल मङ्सिर १२ गते विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भएको थियो ।

परियोजना निर्माणका लागि बुलुचोकमा २२ बिघा जग्गा खरिद गरिएको छ, जहाँ २१ हजार ६०० वटा सौर्य प्यानल जडान गरिएका छन् । परियोजनाबाट उत्पादित विद्युत् एक किलोमिटर दूरीभित्रै रहेको बुलुचोक सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

कम्पनीको बिक्री क्रमशः बढ्दो क्रममा रहेको छ । झापा इनर्जीले आर्थिक वर्ष २०८०/८१ मा ५ करोड २८ लाख ८४ हजार ७७७ मूल्य बराबरको सौर्य विद्युत् बिक्री गरेको थियो भने आव २०८१/८२ मा बिक्री बढेर ९ करोड १० लाख ५९ हजार ४७५ पुगेको अध्यक्ष लिम्बूले जानकारी दिए ।

सौर्य ऊर्जामार्फत स्वदेशी उत्पादन बढाउँदै आएको झापा इनर्जीले स्वच्छ ऊर्जाको विस्तारसँगै राष्ट्रिय विद्युत् आपूर्तिमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img