Monday, May 18, 2026
spot_img

सिँचाइ नहरमै सौर्य ऊर्जा, नयाँ मापदण्ड स्वीकृतिको चरणमा

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले सौर्य ऊर्जालाई प्राथमिकताका साथ अघि बढाउन सरकारले नयाँ मापदण्ड र कार्यविधि तयार गरेको बताएका छन् ।

मंगलबार काठमाडौँमा नेपाल सौर्य विद्युत् उत्पादक संघको २५औँ साधारणसभा उद्घाटन गर्दै मन्त्री घिसिङले सिँचाइका नहरमै सौर्य ऊर्जा जडान गरेर विद्युत् उत्पादन गर्न सकिने व्यवस्था मापदण्डमा समावेश गरिएको बताए । उनका अनुसार ती मापदण्डहरू स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पुगेका छन् ।

मन्त्रिपरिषद्बाट स्वीकृति पाएपछि निजी क्षेत्रलाई सहभागी गराई नहरमा सौर्य प्लान्ट जडान गर्ने प्रक्रिया अघि बढाइने उनले स्पष्ट पारे ।

कार्यक्रममा मन्त्री घिसिङले भारतसँगको विद्युत् खरिद–बिक्री सम्झौता विषयमा भइरहेका टिप्पणीप्रति असन्तुष्टि पनि जनाए । विद्युत् ट्रेडिङबारे पर्याप्त बुझाइ नभई गरिएको आलोचनाले भ्रम फैलाउने र विद्युत् व्यापारलाई नोक्सान पुर्याउने दाबी उनले गरे ।

उनका अनुसार विद्युत् सस्तोमा बेचेको वा महँगोमा किनेको भन्ने आरोप तथ्यहीन ढंगले प्रस्तुत हुँदै आएको छ, जसले समग्र ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश नपुग्ने बताइयो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img