Sunday, December 7, 2025
spot_img

४७.७ मेगाावाटको कालिका कालिगण्डकीमा लगानी जुट्यो

spot_img

Share

spot_img

काठमाडौँ । मौलाकालिका हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ४७.७ मेगावाटको कालिका कालिगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटेको छ । तनहुँ र नवलपुरमा निर्माण अघि बढेकाे याे आयोजनामा कृषि विकास बैंक अगुवाईमा लगानी जुटेको हो ।

आयोजना निर्माण सम्पन्न गर्न १० अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा कूल लगानीको ७५ प्रतिशत अर्थात ७ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी रहनेछ भने बाँकी स्वपूँजी लगानी रहनेछ ।

प्रवर्द्धक कम्पनी र लगानीकर्ताहरूबीच आज (असार २३ गते) सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । आयोजनामा लिड बैंकको रुपमा कृषि विकास बैंक, को-लिडको रुपमा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सदस्य बैंकको रुपमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल), प्रभु बैंक, लक्ष्मी सनराइज र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

विगत २०६४ सालदेखि यस आयोजनाको निर्माण सञ्चालनको लागि परिकल्पना गरि निरन्तरको अनवरत प्रयास पश्चात यस आयोजना विकासको महत्वपूर्ण चरणमा प्रवेश गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश कसजुले बताए । उनले निर्धारित तालिका र लागत मै आयोजना निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो २० वर्षको अनुभव यो आयोजनामा लगानी गर्ने बताए ।

पिआरओआरमा निर्माण गरिने यो आयोजना पप्प स्टोरेजको रुपमा परिणत हुने भएकोले कम्पनीले नेपाल मै पहिलो डिजाइनको र नयाँ आयोजना निर्माण गर्न लागेको हो ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो बहुउदेश्यीय आयोजना भएकोले निर्धारीत समय र तोकिएको लागतभित्रै सम्पन्न गर्न आग्रह गरे । प्रवर्द्धक कम्पनी, कन्सल्टेन्ट कम्पनीहरुसँगको ६ महिनापछिको छलफल र समन्वयपछि वित्तीय व्यवस्थापनको चरणमा पुगेको पनि उनले जानकारी दिए । उनले देवघाटको नजिकै रहेको यो आयोजनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताए ।

कालिका काली गण्डकी आयोजना मूलतः जलविद्युत आयोजना मात्र नभई यस आयोजनामा निर्माण हुने करिव १५ किलोमिटर लामो जलाशय आर्कषणको रुपमा रहेको कम्पनीका सञ्चालक मञ्जु श्रेष्ठ कसजुले बताईन । उनले यही कारणले पनि देवघाट क्षेत्रको महिमा अभिवृद्धि गरी जनसमाजको जीवनस्तर सुधारमा समेत यो आयोजना वरदान सावित हुने बताईन् ।

धार्मिकस्थल देवघाटबाट करिब ४ किलोमिटर माथी देवघाट गाउँपालिकामा र नवलपुरको गैडाकोट नगरपालिकाबीच भएर बग्ने कालीगण्डकी नदीमा बाँध बाँधी र बाँधको ठिक मुनी निर्माण हुने विद्युतगृहबाट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाबाट वार्षिक २७९.९५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । आयोजनाबाट उत्पादीत विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको आपटारी सबस्टेसनमा जोडिनेछ ।

आयोजनामा लामो समय विदेशमा रही व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरु, लामो समयदेखि जलविद्युत् क्षेत्रमा अनुभव बटुलेका प्रवर्द्धक तथा विज्ञहरु लगायतको प्रत्यक्ष लगानी रहेकोले पनि समयमै सम्पन्न हुने विश्वास गरिएको छ । आयोजनाको काम २०८४ भित्रै सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img