Tuesday, June 9, 2026
spot_img

‘इप्पान ऊर्जा ज्योति सम्मान-२०८२’ बाट प्रबल अधिकारी सम्मानित

spot_img

Share

spot_img

काठमाडाैँ । ‘इप्पान ऊर्जा ज्योति सम्मान–२०८२’ बाट ऊर्जा विज्ञ प्रबल अधिकारी सम्मानित भएका छन् । विद्युत् क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अधिकारिलाई स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २३ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट नगद सहितको सम्मानपत्र प्रदान गरिएको हो ।

अधिकारीलाई नगद एक लाख रुपैयाँ र सम्मान पत्र प्रदान गरिएकाे छ । सम्मान ग्रहण गर्दै अधिकारीले विद्युत् क्षेत्रको विकास र प्रवर्द्धनमा अझ उत्साहित र समर्पित हुँदै लागिरहने प्रेरणा मिलेको बताएका छन् ।

इप्पानका पूर्वअध्यक्ष गुरागाईंले उनकी स्व. छोरी श्रीनिका गुरागाईंको स्मृतिमा वि.स. २०७६ सालमा ‘ऊर्जा ज्योति सम्मान’ स्थापना गरेका थिए ।

कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने मध्येबाट इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई इप्पानको साधारणसभाको अवसर पारेर हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ ।

नेपाल विद्युत प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए । विद्युत प्राधिकरणको विद्युत व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन् । सार्वजनिक पदमा नरहँदा पनि निजी क्षेत्रलाई संकुचित बनाउने गरि चालिएका विभिन्न सरकारी कदमको तर्क र तथ्यसंगत खण्डन गर्दै ऊर्जा विकासमैत्री वातावरणकालागि निरन्तर खबरदारी गरिरहने व्यक्तिकोरुपमा अधिकारी निजी क्षेत्रमाझ परिचित छन् ।

सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले नेपालको ऊर्जा विकासमा छोटोे समयमै अभूतपूर्व नतिजा दिएको निजी क्षेत्रको छाता संस्था इप्पानले गरेको सम्मानबाट ऊर्जा क्षेत्रमा थप क्रियसिल रहन उत्प्रेरित गरेको बताए ।

“पूर्बप्रधानमन्त्री देउवाको हातबाट नगद एक लाख रुपैयाँ सहितको “इप्पान उर्जा ज्योती सम्मान २०८२” ग्रहण गर्दै गर्दा बिद्युत क्षेत्रको विकास र प्रबर्धनमा थप उत्साहित भइ समर्पित भैरहने प्रेरणाका साथ गौरवान्वित महसुस गरेको छु ।” अधिकारीले भने ।

उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै उर्जा विकास मार्फत देशको सामाजिक – आर्थिक रुपान्तरणसहितको समृद्धि हासिल हुने बिश्वास व्यक्त गर्दै यस अभियानमा सबै सरोकारवालाहरुको साथ, समर्थन र योगदान महत्वपूर्ण रहने पनि बताए ।

“खासमा जलबिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उँचा रहेकाले मैले प्राप्त गरेको आजको यो सम्मान नेपालको समग्र निजी क्षेत्रलाई ‘डेडिकेट’ गर्न चाहन्छु।” अधिकारीले भने ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img