काठमाडौँ । विद्युत् नियमन आयोग (इआरसी)ले नियमनकारी सेवा शुल्क वृद्धि गरेको छ । इआरसीले साउन १ गते अर्थात हिजोदेखि लागु हुने गरी सेवाग्राहीहरूसँग लिने गरेको नियमनकारी सेवा उपलब्ध गराएवापत प्रचलित कानुन बमोजिम लिनु पर्ने शुल्क वृद्धि गरेको हो ।
‘विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त व्यक्तिले पालना गनुपर्ने सर्त सम्बन्धी निनियमावली २०७६’, र ‘विद्युत् नियमन आयोग अनुमतिपत्र प्राप्त व्यक्ति एक आपसमा वा अन्य संगठित संस्थासँग गाभिन, आपसमा मिल्न, सेयर खरिद, संरचनाको खरिद बिक्री वा हस्तान्तरण, प्राप्ति वा ग्रहण सम्बन्धी निर्देशिका २०७७’ संशोधन गरी सेवा शुल्कमा वृद्धि गरिएको आयोगले जनाएको छ ।
आयोगले १ हजार मेगावाट माथिका आयोजनाको सेवा शुल्क १ करोड २० लाख रुपैयाँबाट बढाएर १ करोड २० लाख ९० हजार रुपैयाँ लाग्ने व्यवस्था गरेको छ ।
यसैगरी, सेयर संरचना परिवर्तनको पूर्व स्वीकृतिका लागि पहिलो पटक आयोगमा निवेदन दिने कम्पनीका हकमा कायम हुने चुक्ता पुँजीका आधारमा १० करोड रुपैयाँसम्मका लागि १ लाख रुपैयाँ र सोभन्दा माथिका प्रत्येक थप १० कराेडका लागि थप ५० हजार रुपैयाँ सेवा शुल्क लाग्ने व्यवस्था गरेको जनाएको छ ।
कम्पनीको चुक्ता पुँजी परिवर्तन नहुने गरी विद्यमान सेयरधनीबीच हुने वा विद्यमान र नयाँ सेयरधनीबीच हुने सेयर खरिदबिक्री गर्दा १० करोड रुपैयाँसम्मको खरिदबिक्रीमा १ लाख रुपैयाँ र त्यसभन्दा माथिको सेयर खरिद बिक्रीमा थप प्रत्येक १० कराेडका लागि थप ५० हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।
थप विवरण








