Sunday, January 18, 2026
spot_img

‘ट्रिपिङ हो लोडसेडिङ होइन’

spot_img

Share

spot_img

काठमाडौँ । पछिल्लो समय झ्याप झ्याप बत्ति जाने समस्या बढ्दै गएपछि सर्वसाधारणहरूले फेरि लोडसेडिङ सुरु भयो भनेर चिन्ता मानिरहेका छन् । आमनागरिकले प्रश्न गर्न थालेका छन्– के फेरि लोडसेडिङ सुरु भएको हो त ?

उद्योगी, व्यवसायीहरूले त पहिले देखि नै लोडसेडिङ भइरहेको बताइरहेका छन् । केही समययता बिजुली झ्याप झ्याप जान थालेपछि आमनागरीहरूसँगै सांसदहरूले समेत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणमाथि प्रश्न गर्न थालेका छन् ।

अझ, आमनागरिकहरू सामाजिक सञ्जाल फेसबुक, टिकटकमार्फत असन्तुष्टि जनाएका छन् । ‘घाम लाग्दा पनि बत्ति जान्छ, पानी पर्दा पनि बत्ति जान्छ, हुस्सु लाग्दा पनि बत्ति जान्छ, थोरै मौसममा खराबी आए पनि बत्ति जान्छ’ भन्दै सामाजिक सञ्जालमा प्रस्तुत भइरहेका छन् । उनीहरूको प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि यस्तो समस्या बढ्दै गएको आशंका छ । सर्वसाधारणदेखि सांसदहरूले प्राधिकरणका वर्तमान नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् ।

तर, प्राधिकरणले भने पर्याप्त बिजुली हुँदा पनि विद्युतीय पूर्वाधारमा आएको समस्याले बत्ति आउने जाने भएको बताउँदै आएको छ । आमनागरिकहरूले लोडसेडिङ भएको भन्न थालेपछि ऊर्जा मन्त्री दीपक खड्काले लोडसेडिङ नभई ट्रिपिङ भएको जानकारी दिएका छन् । ‘ट्रिपिङलाई लोडसेडिङको परिभाषा नदिऔं । विद्युत् अभाव भएर बत्ति गएको होइन,’ उनले भने, ‘लाइनमा समस्या आउँछ, ट्रान्सर्फमरमा समस्या आउँछ, मर्मत संभार गर्न समय लाग्छ ।’

एउटा ट्रान्सफर्मरमा समस्या आयो भने पनि त्यसलाई पुनःसञ्चालनमा ल्याउन १्/२ घण्टा वा कुनै बेला एक दिन पनि लाग्ने बताउँदै मन्त्री खड्काले ट्रिपिङको समस्यालाई लोडसेडिङको नाम नदिन आग्रह गरे ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्ले लोडसेडिङ नभई वितरण प्रणालीमा आएको समस्या बताए । ‘हावाहुरीका कारण वितरण लाइन, ट्रान्सफर्मरमा समस्या आउँछ, यस्तो समस्या अहिले मात्र होइन, पहिले पनि आउथ्यो । पुरानो कुरालाई बिर्सीएका मात्रै हौं । तर, समस्या पहिले पनि हुन्थ्यो, अहिले पनि भइरहेको छ । हामी यसलाई दीर्घकालीन रूपमा समाधान गर्न लाइनहरूको स्तरोन्नति गर्ने काम गरिरहेका छाैं’ शाक्यले भने ।

विद्युत प्राधिकरणको तथ्यांक अनुसार बिजुली जाने समस्या गत वर्षको तुलनामा भने बढेको होइन । अहिले बिजुलीको उच्च माग हुने समयमा २१ सय ५० मेगावाट बराबरको माग छ । नेपालको विद्युत् जडित क्षमता पनि ३५ सय मेगावाट बढी भइसकेको छ । उत्पादन, माग बढेपनि विद्युतीय संरचना पुरानै भएकोले यस्तो समस्या भइरहको प्राधिकरणको भनाई छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img