Saturday, March 7, 2026
spot_img

४४ अर्ब लागतमा उच्च क्षमताका ४ लाइन पीपीपी मोडलमा निर्माण गर्दै प्राधिकरण

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताका ४ प्रसारण लाइन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले ४०० केभीको तीन वटा र २२० केभीको एक वटा लाइन निजी साझेदारीमा निर्माण गर्न प्रक्रिया अघि बढाएको हो ।

प्राधिकरणले करिब ३२ करोड अमेरिकी डलर अर्थात ४४ अर्ब नेपाली रुपैयाँ लागत बराबरको लाइन निर्माण गर्न प्रक्रिया अघि बढाएको हो ।

सरकारले प्रसारण लाइन निर्माणमा गरेका ढिलाईका कारण निजी ऊर्जा उत्पादकहरूको उत्पादन गरेको विद्युत् खेर जान थालेपछि ऊर्जा उत्पादकहरूले लाइन निर्माणमा सहभागी गराउन माग गर्दै आएका थिए । सरकारले गत आर्थिक वर्षको बजेटमा निजी क्षेत्रलाई लाइन निर्माणमा खुला गरेको थियो । सोहीअनुसार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले पनि निजी साझेदारीमा लाइन निर्माण प्रक्रिया अघि बढाइरहेको छ ।

अहिले प्राधिकरण आफैले लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागि गराउनेगरी प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले ४०० केभीको न्यू खिम्ती–ढल्केबर, अरुण हब–इनरुवा र तिङ्ला–दूधकोसी ढल्केबर लाइन निर्माण प्रक्रिया अघि बढाएको छ । यसैगरी, २२० केभीको लप्सिफेदी–तीन पिप्ले लाइन निर्माण गर्न लागेको हो ।

न्यू खिम्ती–ढल्केबर निर्माण गर्न ८ करोड अमेरिकी डलर लागत अनुमान गरिएको छ । यसको लम्बाई ८० किलोमिटर रहेको छ । यसैगरी, ९४ किलोमिटर लामो अरुण हब–इनरुवा लाइन निर्माण गर्न पनि ८ करोड अमेरिकी डलर अनुमान गरिएको छ । तिङ्ला–दूधकोसी ढल्केबर लाइन ११८ किलोमिटर लामो रहेको छ । यो लाइन सम्पन्न गर्न १४ करोड २० लाख अमेरिकी डलर लागत अनुमान रहेको छ । यी सबै लाइनमा क्वाठ मुज कन्डक्टर प्रयोग हुने छ ।

यसैगरी, ३० किलोमिटर लामो लप्सिफेदी–तिन पिप्ले लाइन निर्माण गर्न १ करोड ८० लाख अमेरिकी डलर लागत अनुमान छ । यसमा भने ट्विन मुज कन्डक्टरको प्रयोग हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img