Thursday, February 19, 2026
spot_img

९०० मेगावाटकाे अरुण-३ मा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु

spot_img

Share

spot_img

काठमाडाैँ । सङ्खुवासभामा निमार्णाधीन ९०० मेगावाटकाे अरुण ३ जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । सुरुङभित्र करेन्ट लागेर उनकाे मृत्यु भएकाे हाे ।

चिचिलागाउँपालिका–३ स्थित अरुण ३ को अडिट-थ्री स्थित सोलाखानीको सुरुङभित्र करेन्ट लागेर कैलालीको घोडाघोडी नगरपालिका–२ का ४० वर्षीय करणधर पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।अरुण आयोजनामा नेपाली र भारतीयसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img