काठमाडाैँ । लामो खडेरीका कारण सुख्खा संकटकाल घोषणा भएको मधेश प्रदेशमा विद्युत प्रसारण तथा वितरणको अवस्था बुझ्न कार्यकारी निर्देशक शाक्य सहितको टोली मधेश प्रदेश पुगेको छ।
कार्यकारी निर्देशक शाक्यले मधेश प्रदेश अन्तर्गतका वितरण केन्द्र प्रमुखहरुसँग छलफल अन्तरक्रिया गरी सुख्खा खडेरी परि देखिएको संकटमा आम सर्वसधारणलाइ राहत हुने गरी सिंचाइ विद्युतीकरणमा के कसरी कार्य गर्न सकिन्छ भनि सुझाव लिएका थिए।
प्रधान्मन्त्रीले मधेश प्रदेशका विभिन्न जिल्लामा पाँच सय डिप ट्युबबेल जडान गर्ने घोषणा गरेको हुँदा उक्त ट्युबबेल सञ्चालनका लागि चाहिँने विद्युतीय पूर्वाधारको निर्माण के कसरी गर्न सकिन्छ भनि जानकारी लिएका थिए।
सिंचाइ तथा खानेपानीको समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरण सारथी हुने तर त्यसको लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गरिदिनुपर्ने शाक्यले बताए। हाम्रो कारणले यो संकटमा समस्या नआवस भन्ने कुरामा सचेत रहेर नै आफै फिल्डमा पुगेर वास्तविकताको बारेमा जानकारी लिएको शाक्यले बताए।








