काठमाडाैँ । सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै यस्तो जानकारी दिएका छन् ।
‘तराईमा ५०० वटा डिपबोरिङ खन्ने काम सुरु भएको छ । अब, सिँचाइको लागि किसानलाई प्रतियुनिट बिजुलीको ३ रुपैयाँ मात्र लाग्नेछ’ उनले लेखेका छन् ।
केही दिन अघि मात्रै प्रधानमन्त्री ओली मधेस प्रदेशको निरीक्षण भ्रमण गरी खानेपानी र सिँचाइको संकट झेलिरहेको मधेशमा तत्काल ५ सय डिप बोरिङ जडान गर्ने बताएका थिए ।








