काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् । कार्कीले अन्तरिम सरकारको मन्त्रिपरिषद्मा सामेल हुने ३ जना मन्त्रीहरूको नाम टुङ्गो लगाएकी छन् ।
जसअनुसार कानुनसहित गृह मन्त्रालयको जिम्मेवारीमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयको जिम्मेवारी रामेश्वर खनाललाई दिने निर्णय भएको छ । साथै, घिसिङलाई ऊर्जा मन्त्रालयसँगै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको जनाइएकाे छ।
राष्ट्रपति कार्यालयमा आज तीनै जना मन्त्रीहरूलाई शपथ ग्रहण रहेकाे छ ।








