Monday, March 9, 2026
spot_img

ऊर्जा मिश्रणमा वायु ऊर्जाको योगदान बढाउने

spot_img

Share

spot_img

काठमाडौँ । नेपाल सरकारले वायु ऊर्जाको विकासलाई प्राथमिकतामा राख्दै लगानी गर्ने तयारी गरेको छ । वैकल्पिक ऊर्जामा रहेका सम्भावनालाई उपयोगमा ल्याउन वायु ऊर्जामा लगानीलाई प्रोत्साहन गर्न इच्छुक कम्पनीलाई सरकारले सहयोग गर्ने योजना अघि बढाएको छ ।

नेपालमा वायु ऊर्जा उत्पादनमा लगानी प्रोत्साहन गर्न सरकारले आवश्यक सहजीकरण गर्ने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले बताए । ‘नेपाल विद्युत् प्राधिकरण विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न तयार छ,’ उनले भने, ‘वायु ऊर्जा परियोजना पहिचान गरेर ल्याएमा सरकारले त्यसमा आवश्यक लगानी गर्न तयार छ, यसले नेपालको नवीकरणीय ऊर्जा मिश्रणमा वायु ऊर्जाको योगदान बढाउनेछ ।’

सरकारले परियोजना पहिचान गरेर ल्याएमा लगानी गर्ने निर्णय गरे पनि प्रारम्भिक लागत, विश्वसनीय हावाको डाटा अभाव र ग्रिडमा संयोजन जस्ता प्राविधिक चुनौतीहरू अझै बाँकी छन् ।

नेपालमा वायु ऊर्जाको प्रयोग लामो समयदेखि परम्परागत रूपमा भए पनि आधुनिक टर्बाइन प्रयोग २०६०–२०७० सालतिर सानो स्तरमा सुरु भएको थियो । प्रारम्भिक परियोजनाहरू ग्रामीण क्षेत्रको विद्युत् पहुँच विस्तार र सिँचाइका लागि स्थापना गरिएको थियो ।

हाल केही पाइलट परियोजना र अध्ययनमार्फत क्षमता परीक्षण भइरहेको छ । विशेषगरी अत्तरिया, झापा, मकवानपुर र सुनसरीमा सम्भावित स्थल पहिचान भएका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img