Thursday, August 13, 2026
spot_img

लिटमस केवल्स बन्यो सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनर

spot_img

Share

spot_img

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपालको अग्रणी तार तथा केबल उत्पादक लिटमस केवल्स सुदूरपश्चिम रोयल्सको ‘कनेक्टिभिटी’ पार्टनरको रूपमा जोडिएको छ ।

मंगलबार काठमाडौँमा भएकाे सम्झाैतापत्रमा लिटमस इन्डस्ट्रिज लिमिटेडका एसोसियट उपाध्यक्ष सन्जिव झा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्काले हस्ताक्षर गरे । सम्झौतापछि बोल्दै सुदूरपश्चिमका सीईओ खड्काले देशको अग्रणी ब्रान्ड लिटमससँग जोडिन पाउँदा खुशी व्यक्त गरे । उनले भने, ‘यसले सुदूरपश्चिमको टिमसँग राम्रो सम्बन्ध जोड्ने माध्यम बन्नेछ ।’

यसैगरी, लिटमस इन्डस्ट्रिजका एसोसियट उपाध्यक्ष सन्जिव झाले सुदूरपश्चिमसँगको सहकार्यले नेपालका प्रतिभाहरूलाई पहिचान गर्न र आगामी पुस्ताका खेलाडीहरूलाई सशक्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले थपे, ‘हामी हाम्रा उत्पादनलाई मात्र होइन, राष्ट्रिय गौरवलाई बढावा दिने कुरामा पनि समर्थन गर्छौं । त्यसै अनुरूप यो सम्झौता पनि हो ।’

लिटमस केवल्सबारेः

सन् १९७७ मा स्थापित लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो र विश्वसनीय तार, केबल तथा कन्डक्टर ब्रान्ड हो । चार दशकभन्दा बढी समयदेखि यसले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सन् २०१४ देखि रमेश कर्पको नेतृत्वमा सञ्चालित यो कम्पनी आफ्नो क्षेत्रमा नेपालको पहिलो र एक मात्र सार्वजनिक सूचीकृत कम्पनी पनि हो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img