काठमाडाैँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।
जेनजी आन्दोलनको समर्थनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङले शाक्यलाई नेपाल जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए र प्राधिकरणकाे कार्यकारी निर्देशककाे जिम्मेवारी मनाेज सिलवाललाई दिएका थिए । सो निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालत पुगेका थिए ।
रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सरुवा निर्णय विधिसम्मत नभएको ठहर गर्दै शाक्यलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशकमापुनर्बहाली गर्न निर्देशन दिएको हो ।








