Friday, July 17, 2026
spot_img

स्थानीयले पाउने भए ‘सालासुङ्गी ’को शेयर

spot_img

Share

spot_img

निरक थापा, सुर्खेत/ सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीय बासिन्दाको माग बमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया अघि बढाएको छ। शेयर पाउनुपर्ने माग दाबी गर्दै विरोधमा उत्रेका स्थानीयबासिन्दालाई १०प्रतिशत शेयर दिन आयोजना तयार भएको हो।

निजी क्षेत्रबाट करिब रु २० अर्ब लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको सो विद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो। 

जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध बाँधेर निर्माण गरिएको उक्त आयोजनाबाट हिउँदमा १५ मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ।

आमाछोदिङ्मो गाउँपालिका वडा नं ५ का वडाध्यक्ष रामबहादुर तामाङले स्थानीय बासिन्दालाई शेयर दिने सन्दर्भमा आयोजनाका तर्फबाट जानकारीसहित पत्र प्राप्त भएसँगै विरोधका कार्यक्रम स्थागित भएका जानकारी दिए।

स्थानीयस्तरको जल, जङ्गल र जमिन एवं प्राकृतिक स्रोेत परिचालन गरी निर्माण भएका वा गराउँदा तयार हुने सबै प्रकारका संरचनासँग सम्बन्धित गतिविधिमा प्रभावित पक्षलाई प्राथमिकताका साथ शेयर दिनुपर्ने माग स्थानीयले उठाउँदै आएका थिए।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img