Saturday, October 24, 2026
spot_img

तिला जलविद्युत् आयोजनाका उपकरण अलपत्र

spot_img

Share

spot_img

काठमाडाैँ । जुम्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।

जिल्लाका दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् आयोजना बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेका स्थानीय बताउँछन् । विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि गाउँपालिकाद्वारा खरिद गरिएका विद्युतीय उपकरण सडकमा अलपत्र छन् भने अहिले आयोजना पूर्ण रूपमा बन्द छ ।

‘विसं २०७४ को स्थानीयतह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो। हामी निर्वाचित भएर आएपछि ती सामान गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो जनप्रतिनिधिको पालामा पेश्कीबापत केही रकम मात्र भुक्तानी दिइएको रहेछ’, तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने ।

तिला–७ स्थित तिला नदीबाट एक मेघावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तिला गाउँपालिका र प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषमा रहेको ११ करोड बजेट खर्च गरी आयोजना निर्माण भएको थियो । जलविद्युत् आयोजनासहित आवश्यक उपकरण प्रयोगविहीन भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img