काठमाडाैँ । सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पुस २५ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पेश हुन लागेको हो ।
सभामा विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, आईपीओबाट संकलित रकमको सदुपयोगबारे निर्णय गर्ने र आईपीओ निष्काशन तथा शेयर सूचीकरणको लागि गर्नु पर्ने सम्पूर्ण कार्यको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पेश हुने छन् ।
यस कम्पनीले संखुवासभामा ६ मेगावाट क्षमताको सुपर हेवा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ वैशाख १ देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष हर्क बहादुर तामाङ हुन् भने प्रबन्ध संचालकमा निमा वान्गेल लामा रहेका छन् ।








