Tuesday, July 28, 2026
spot_img

कालिका पावरको १८औँ वार्षिक साधारण सभा पुस २८ गते, ७ प्रतिशत बोनस शेयर प्रस्ताव

spot_img

Share

spot_img

काठमाडाैँ । कालिका पावर कम्पनी लिमिटेड (KPCL) ले १८औँ वार्षिक साधारण सभा पुस २८ गते सोमबार बिहान ११ बजे आयोजना गर्ने भएको छ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै कम्पनीलाई भविष्यमा अन्य कम्पनीहरूमा लगानी गर्न सहज हुने गरी होल्डिङ कम्पनीको रूपमा विकास गर्न नाफा परिवर्तन (profit conversion) गर्ने प्रस्ताव, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पेश हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज हुनेछ । पुस १७ गतेसम्म शेयरधनी कायम रहेकाहरूले सभा र लाभांशमा सहभागिता जनाउन सक्नेछन्।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img