Saturday, May 30, 2026
spot_img

विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदका लागि २६० भन्दा बढी कर्मचारी माग गरेको छ ।प्राधिकरणले आज एक सूचना जारी गर्दै अधिकृतदेखि सहायकस्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि माघ ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माघ १५ गतेसम्म दरखास्त दिन सक्नेछन् ।

नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन फाराम खुलाएको छ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img