काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयकाे जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । उनले आज राति ९ बजे मन्त्रालय परिसरमै पत्रकार सम्मेलन गरी राजीनामाको औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।
मन्त्री घिसिङको सचिवालयका अनुसार राजीनामा दिने निर्णय निश्चित भएपछि त्यसको जानकारी सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो । राजीनामाको कारणबारे भने अहिलेसम्म स्पष्ट खुलाइएको छैन ।
उनको राजीनामासँगै राजनीतिक वृत्तमा विभिन्न अड्कलहरू सुरु भएका छन् । पत्रकार सम्मेलनमार्फत उनले राजीनामाको कारण र आगामी योजनाबारे प्रस्ट पार्ने अपेक्षा गरिएको छ ।











