Tuesday, July 14, 2026
spot_img

मन्त्री कुलमान घिसिङद्वारा राजीनामा

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुझाइएको पत्रमा उनले हालको राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी मन्त्री पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।

मिति २०८२ भदौ ३० गते मन्त्रीका रूपमा नियुक्त भएपछिको कार्यकालमा सरकार तथा मन्त्रालयको नेतृत्व गर्ने अवसर प्रदान गरेकोमा उनले प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन् । आफ्नो कार्यकालमा सुशासन कायम गर्ने, काम नगरी बसेका अलपत्र विकास परियोजनालाई अघि बढाउने, देशको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको सुधार, पूर्वाधार विकास र जनताको जीवनस्तर उकास्ने उद्देश्यका साथ इमान्दारितापूर्वक जिम्मेवारी निर्वाह गरेको उनले बताएका छन् ।

त्यसैगरी, कार्यकालभर प्राप्त सहयोग, विश्वास र सहकार्यका लागि प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्य, कर्मचारी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि देश र जनताको हितमा आवश्यक पर्ने जुनसुकै जिम्मेवारी निर्वाह गर्न सधैं तत्पर रहने प्रतिबद्धता जनाएका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img