Tuesday, May 26, 2026
spot_img

वाटर इनर्जीको आईपीओ तयारी, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

spot_img

Share

spot_img

काठमाडौँ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

आईपीओ निष्काशन प्रक्रियासम्बन्धी सम्झौतामा वाटर इनर्जी सोलुसन लिमिटेड र हिमालयन क्यापिटल लिमिटेडबीच बिहीबार औपचारिक रूपमा हस्ताक्षर सम्पन्न भएको हो । सम्झौताअनुसार हिमालयन क्यापिटलले कम्पनीको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न आवश्यक सम्पूर्ण प्रक्रिया व्यवस्थापन गर्नेछ ।

वाटर इनर्जी सोलुसन लिमिटेडले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको ‘अप्पर देउमाई खोला’ साना जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img