Monday, March 9, 2026
spot_img

३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा सेवा, ४० हजार रोजगारी सिर्जना

spot_img

Share

spot_img

काठमाडाैँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशभर स्वच्छ तथा नवीकरणीय ऊर्जा प्रविधिको उल्लेखनीय विस्तार गरेकाे छ । समग्र भौतिक प्रगति विवरणअनुसार ४० हजार ७१७ किलोवाट क्षमताका लघु तथा साना जलविद्युत आयोजना, ११ हजार १०४ वटा सुधारिएका पानीघट्ट जडान सम्पन्न भएका छन् ।

यस्तै, १० लाख ७८९ वटा घरेलु सौर्य विद्युत प्रणाली, ४ हजार ५४० वटा संस्थागत सौर्य प्रणाली, ३ हजार ५९३ किलोवाट पिक क्षमताका सौर्य मिनिग्रीड तथा सौर्य–वायु मिनिग्रीड, र ३६ हजार ४२९ किलोवाट पिक क्षमताका सौर्य रुफटप जडान गरिएको केन्द्रले जनाएको छ ।

खाना पकाउने र दैनिक जीवनसँग जोडिएका प्रविधिहरूमा पनि उल्लेखनीय प्रगति भएको छ । हालसम्म २ हजार ४६४ वटा सौर्य ड्रायर तथा कुकर, ४ हजार ४५२ वटा सौर्य खानेपानी तथा सिंचाइ पम्प, १ लाख ५६ हजार ५३१ वटा फलामे सुधारिएका चुलो, १४ लाख २३ हजार २४२ वटा सुधारिएका माटोका चुलो, १ लाख ४६ हजार ५९८ वटा विद्युतीय चुलो र ४ लाख ५६ हजार ७६६ वटा घरायसी बायोग्यास जडान भएका छन् ।

यसका अतिरिक्त ३३ वटा संस्थागत ग्यासिफायर, ३७८ वटा संस्थागत, शहरी तथा व्यवसायिक बायोग्यास, १ हजार ७६६ वटा ऊर्जाका उत्पादनमूलक परिप्रयोग, ३ हजार ३०९ वटा सौर्य सडक बत्ती तथा ४ हजार ८६५ वटा मठ, मन्दिर र होमस्टेमा सौर्य ऊर्जा प्रणाली जडान सम्पन्न भएको छ ।

केन्द्रका अनुसार हालसम्म समग्रमा देशका करिब ३७ लाख घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पुगेको छ । कुल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करिब ६ प्रतिशत रहेको छ । विद्युत पहुँच विस्तार र खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रवर्द्धनलाई केन्द्रले प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

नवीकरणीय ऊर्जा क्षेत्रमा हाल ५०० भन्दा बढी कम्पनीहरू क्रियाशील रहेका छन्, जसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको केन्द्रले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img