Wednesday, August 12, 2026
spot_img

अप्पर रिचेत हाइड्रो पावर आईपिओमा जाने

spot_img

Share

spot_img

काठमाडाैँ । गोर्खामा २ मेगावाट विद्युत् उत्पादन क्षमता भएको माथिल्लाे रिचेत परियाेजनाकाे प्रवर्द्धक अप्पर रिचेत हाइड्रो पावर प्रा.लि.ले शेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले यसका लागि आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

मंगलबार अप्पर रिचेत हाइड्रो पावर र आरबिबि मर्चेन्ट बैंकिङबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा अप्पर रिचेत हाइड्रो पावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरबिबि मर्चेन्ट बैंकिंङका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले हस्ताक्षर गरे ।

कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २० प्रतिशत अर्थात ८ करोड रूपैयाँ बराबरकाे ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेकाे छ । आइपिओ प्रक्रियाकै लागि कम्पनीले आँफुलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिङ कार्य पनि अघि बढाएको छ ।

कम्पनीले आगामी श्रावण-भाद्र महिनामा आइपिओमा जाने योजना रहेको जनाएकाे छ । कम्पनीले २०८१ को भाद्र महिनादेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको हाइड्रो पावर प्रोजेक्ट गोर्खा जित्ल्लाको धार्चे गाबिसमा रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img