Monday, March 9, 2026
spot_img

५७ मेगावाटकाे मुगु खाेलाकाे सर्वेक्षण अनुमति खारेज

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको विद्युत विकास विभाग ५७ मेगावाट क्षमताकाे मुगु खाेला जलविद्युत् आयाेजनाकाे सर्वेक्षण अनुमति खारेज गरेकाे छ । विभागले वेस्टार इनर्जी प्रा.लि.लाई प्रदान गरिएको जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति खारेज गरेको हाे ।

कम्पनीलाई परियाेजनाकाे अध्ययन गर्न दिइएको सर्वेक्षण अनुमति रद्द गरेकाे विभागले जानकारी गराएको छ । विभागका अनुसार विद्युत् ऐन, २०४९ तथा विद्युत् नियमावली, २०५० को व्यवस्था बमोजिम प्रदान गरिएको अनुमति तोकिएको अवधि भित्र आवश्यक प्रक्रिया पूरा नभएकाले खारेज गरिएको उल्लेख छ ।

कम्पनीले सर्वेक्षण अनुमतिपत्रको म्याद तथा ५ वर्षकाे अवधिभित्र विस्तृत प्रगति देखाउन नसकेको तथा कानुनी प्रावधानअनुसार नवीकरण प्रक्रिया पूरा नगरेपछि अनुमति स्वतः रद्द गरिएको विभागले जनाएकाे छ ।

सर्वेक्षण अनुमति खारेज भएसँगै उक्त कम्पनीले प्रस्तावित आयोजनासम्बन्धी थप अध्ययन, प्राविधिक परीक्षण तथा अन्य तयारीका कार्य अघि बढाउन नपाउने भएको छ । ऊर्जा क्षेत्रमा पछिल्ला वर्षहरूमा सर्वेक्षण अनुमति लिएर पनि लामो समयसम्म आयोजना अगाडि नबढाउने प्रवृत्ति देखिएकाले विभागले कडाइ गर्न थालेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img