काठमाडाैँ । याम्बालिङ्ग हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले आगामी चैत ८ गतेदेखि आईपीओ जारी गर्ने भएको हाे ।
कम्पनीले २८ करोड रुपैयाँ बराबरकाे २८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएकोमा पहिलो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ७ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्न लागेकाे हाे । उक्त शेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत बराबर २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन दिने अवधि छिटोमा चैत २२ गते बन्द हुनेछ भने ढिलोमा २०८३ वैशाख ७ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आवेदन अवधि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म रहनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।








