Tuesday, May 26, 2026
spot_img

ऊर्जा क्षेत्रमा थप विस्तार गर्दै साहस ऊर्जा, हकप्रदबाट बुढीगण्डकीमा लगानी

spot_img

Share

spot_img

काठमाडौँ । साहस ऊर्जा कम्पनीले हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति पाएको छ । कम्पनीले विद्युत् नियमन आयोगबाट चुक्ता पूँजी बराबरको हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले गत चैत ९ गते आयोगमा निवेदन पेश गरेको थियो ।

हकप्रद सेयर बिक्रीबाट संकलन हुने रकम टाइम्स इनर्जी प्रालिले निर्माण अघि बढाएको ३४०.४२३ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ ।

साहस ऊर्जाले सोलुखुम्बु जिल्लामा ८६ मेगावाट क्षमताको सोलु दूधकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी हाल सञ्चालनमा ल्याइसकेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img