काठमाडाैँ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले १६० दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत खिच्ने भएको छ । कर्जाको माग नबढ्दा प्रणालीमा तरलता थुप्रिएपछि केन्द्रीय बैंकले यस्तो कदम चालेको हो ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोलमार्फत सहभागी हुन पाउनेछन् भने ब्याजदर पनि प्रतिस्पर्धात्मक बोलकबोलबाटै निर्धारण हुनेछ । उक्त रकमको साँवा–ब्याज भुक्तानी आउँदो असोज २१ गते गरिने जनाइएको छ ।
राष्ट्र बैंकले बजारमा तरलता व्यवस्थापन र ब्याजदर सन्तुलन कायम गर्न यसअघि पनि यस्ता उपकरण प्रयोग गर्दै आएको छ ।








