काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बलराम खतिवडाले आफ्नो प्यानल घोषणा गरेका छन् ।
हाल इप्पानका महासचिव रहेका खतिवडाले आगामी कार्यसमितिका लागि अनुभवी तथा विभिन्न ऊर्जा कम्पनीसँग आबद्ध व्यवसायीहरूको टोली सार्वजनिक गरेका हुन् । यसअघि वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार उत्तम भ्लोन लामाले पनि आफ्नो प्यानल घोषणा गरिसकेका छन् ।
खतिवडा नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष भरतबहादुर खत्री, वर्तमान सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, दीपक पौडेल तथा सिर्जना खड्का रहेका छन् ।
महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाललाई उम्मेदवार बनाइएको छ । सचिव पदमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, वीरेन्द्रबहादुर मल्ल, सङ्गीता धमला तथा ईशा श्रेष्ठ रहेका छन् भने कोषाध्यक्ष पदमा मिथुन पौडेल उम्मेदवार रहेका छन् ।
त्यसैगरी सदस्य पदमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कँडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओलीलाई समेटिएको छ ।
इप्पानको २४औँ वार्षिक साधारणसभा आगामी जेठ २९ गते हुँदैछ । साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नेछ भने निर्वाचनलाई लिएर ऊर्जा क्षेत्रका व्यवसायीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ ।
यसअघि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोन लामाले पनि समावेशी र अनुभवयुक्त टोलीसहित आफ्नो प्यानल सार्वजनिक गरिसकेका छन् । दुई प्रमुख समूहले उम्मेदवार घोषणा गरेसँगै इप्पानको आगामी निर्वाचन थप रोचक बन्ने देखिएको छ ।








