Thursday, January 23, 2025
spot_img

आँधी खोलाको विद्युत् महसुल दर निर्धारण गर्न सार्वजनिक सुनुवाई हुँदै

spot_img

Share

spot_img

काठमाडाैँ । बुटवल पावर कम्पनी (बिपिसी)ले सञ्चालन गरिरहेकाे आँधीखोला जलविद्युत केन्द्रको स्थानीय क्षेत्रमा वितरण हुँदै आएको विद्युत महसुल दर निर्धारण गर्न सार्वजनिक सुनुवाई आयोजना हुने भएको छ । विद्युत् नियमन आयोगले कम्पनीको स्याङ्जामा सञ्चालन भइरहेको ९.४ मेगावाटको केन्द्रको विद्युतकाे नयाँ महसुल दर निर्धारण गर्न शुक्रबार (बैशाख १४ गते) सार्वजनिक सुनुवाई आयोजना गर्ने भएको हो ।

कम्पनीले नै आफैँ उत्पादन गरी जिल्लामा वितरण गर्दै आएको विद्युतको नयाँ महसुल निर्धारण गर्न गरेको प्रस्तावित दरका सम्बन्धमा सम्बन्धि सरोकारवालासँग सार्वजनिक सुनुवाई गर्न लागेको आयोगले जानकारी दिएको छ ।

कम्पनीले आँधीखोला वितरण केन्द्रको विद्युत सेवा उपयोग गर्ने सबै वर्गका ग्राहकका लागि विद्युत महसुल बढाएर समायोजन गर्न आयोग समक्ष प्रस्ताव गरेको छ । आयोगले सार्वजनिक सुनुवाइपछि नै सरोकारवालाको राय, सुझाव तथा प्रतिक्रियाका आधारमा आँधीखोलाको नयाँ विद्युत महसुल दर निर्धारण गर्नेछ ।

आयोग ऐन, २०७४ को दफा २१ र नियमावली, २०७५ को नियम १९ बमोजिम सम्बन्धित सरोकारवालाहरूसँग राय, सुझाव तथा प्रतिक्रिया लिनका लागि सार्वजनिक सुनुवाई आयोजना गर्न लागिएको छ । आयोगका अनुसार सार्वजनिक सुनुवाई कार्यक्रम स्याङ्जाको पुतलीबजारस्थित सिटी हलमा दिउँसो १ देखि ३ बजेसम्म हुनेछ । आयोगले बिपिसीले प्रस्ताव गरेको विद्युत महसुल दरका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया दिनका लागि सार्वजनिक कार्यक्रममा उपस्थित हुन सबै सरोकारवाला समक्ष अनुरोध गरेको छ ।

कम्पनीले स्याङ्जा तथा प्युठानमा सञ्चालित आँधीखोला र झिमरुक जलविद्युत केन्द्रले उत्पादन गर्ने विद्युत आफैँ स्थानीय क्षेत्रमा वितरण गर्दै आएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img