लगानी बोर्ड नेपालले ‘इमर्जिङ नेपाल’ नाराका साथ आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा आजबाट सोल्टी होटलमा सुरु भएको छ । सम्मेलनमा ५५ देशका ३८५ जनाको सहभागिता रहेको लगानी वोर्डले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
लगानी सम्मेलनका पूर्व संध्यामा सरकारले ९ वटा ऐन संशोधनका लागि अध्यादेश सिफारिस गरेको थियो । संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपतिद्धारा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२८, जग्गा प्राप्ति ऐन २०३४, भूमिसम्बन्धी ऐन २०२१, विशेष आर्थिक ऐन २०७३ र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, विद्युतीय कारोबार ऐन २०६३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, औद्योगिक व्यवसाय ऐन २०७६ र वन ऐन २०७६ अध्यादेशमार्फत संशोधन गरिएको छ ।
कुन देशबाट कति सहभागि ?
आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलनमा चिनका २६५, भारतका १४३, अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंङ्गलादेशका १३, युएईका १३ र जर्मनिका १०, दक्षिण कोरियाका ९, अस्ट्रेलिया ९, पाकिस्तान ८, मलेसिया ९, कतार ५, सिंगापुरका ६, साउदी अरबका ४, घानाका ५, कतारका ५, बहराईनका ४, फ्रान्सका ४, स्वजल्र्याण्डका ३, रुसका ३, फिनल्याण्डका ३ अस्ट्रयाका ३, श्रृलङ्का ३, कोलम्बियाका ३, फिलिपिन्सका ३, मौरिसर्सका २, क्यानडाका २, कुबेतका २, बेल्जियमका २ र सेनगल, इटालि, नर्बे, इचिप्ट, इन्डानेसिया, पोल्याण्ड, नेदरल्याण्ड, ताजकस्थान, रोमानिया, दक्षिण अफ्रिका, साइप्रस र मेक्सिकोका १–१ जना सहभागि छन् ।