Thursday, September 24, 2026
spot_img

कार्बन क्रेडिट व्यापारका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो प्रस्ताव

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले विभिन्न नवीकरणीय ऊर्जा परियोजनामार्फत निष्कासन भएका तथा हुने कार्बन क्रेडिट खरिदका लागि इच्छुक संघ संस्थाहरूबाट प्रस्ताव आह्वान गरेको छ ।

केन्द्रले २ लाख ३४ हजार २५९ कार्बन क्रेडिट खरिद गर्ने इच्छुकहरूका लागि प्रस्ताव आह्वान गरेको हो ।

निष्कासन भइसकेको कार्बन क्रेडिट
केन्द्रद्वारा जारी सूचनामा निष्कासन भइसकेका कार्बन क्रेडिटहरूको विवरण रहेको छ । यसअन्तर्गत साना जलविद्युत् प्रवर्द्धन परियोजनाबाट १७ अक्टोबर २०१७ देखि ३१ डिसेम्बर २०२० सम्मको अवधिमा ८५ हजार ९२१ कार्बन क्रेडिट निष्कासन भएको छ ।

त्यसैगरी, सुधारिएको पानी घट्ट प्रवर्द्धन कार्यक्रमबाट १ जनवरी २०२० देखि ३१ डिसेम्बर २०२० सम्मको अवधिमा ११ हजार २३३ कार्बन क्रेडिट निष्कासन भएको छ । यसरी पहिलो चरणमा निष्कासन भएका यी दुवै परियोजनाबाट कुल ९७ हजार १५४ कार्बन क्रेडिट उपलब्ध रहेको छ ।

प्रक्रियामा रहेको अनुमानित कार्बन क्रेडिट
केन्द्रले अब निष्कासनको चरणमा रहेका तथा अनुमानित क्रेडिटहरूको विवरण पनि सार्वजनिक गरेकाे छ । यस चरणमा साना जलविद्युत् प्रवर्द्धनबाट २५ हजार र सुधारिएको पानी घट्ट प्रवर्द्धन कार्यक्रमबाट ९ हजार ९७० कार्बन क्रेडिट (प्रोभिजनल जारी, जुन पछि रूपान्तरण हुनेछ) १ जनवरी २०२१ देखि ३१ डिसेम्बर २०२१ को अवधिका लागि रहेका छन् ।

यसैगरी, इको जोन सुधारिएको चुलो परियोजनाबाट २५ जुन २०२२ देखि ३१ डिसेम्बर २०२५ सम्मको अवधिको लागि १ लाख २ हजार १३५ कार्बन क्रेडिट निष्कासनको प्रक्रियामा रहेको छ । यस चरणको उप–कुल मिलाएर कुल १ लाख ३७ हजार १०५ कार्बन क्रेडिट हुन आउँछ ।

सबै परियोजनाहरूको जम्मा कार्बन क्रेडिट २ लाख ३४ हजार २५९ पुगेको छ । कार्बन खरिद गर्ने इच्छुकले आगामी मङ्सिर १ गते (सन् २०२६ नोभेम्बर १६) अपरान्ह २ः०० बजेभित्र प्रस्ताव पेश गरिसक्नुपर्नेछ ।

प्रस्ताव पेश गर्न चाहने संस्थाहरूले केन्द्रको आधिकारिक कार्बन व्यापार पोर्टल मार्फत तोकिएको सर्तहरूको पालना गरी आवेदन दिन सक्नेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img