Thursday, October 15, 2026
spot_img

भोटेकोशी–त्रिशूली करिडोरका क्षतिग्रस्त जलविद्युत् आयोजना पुनर्निर्माण गर्न सीनको सुझाव

spot_img

Share

spot_img

काठमाडाैँ । भोटेकोशी–त्रिशूली करिडोरमा बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सीन) ले सरकारलाई सुझावसहितको प्रतिवेदन तयार पारेको छ ।

ऊर्जा क्षेत्रका विज्ञहरूको सुझाव समेटेर तयार पारिएको उक्त प्रतिवेदन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उनले आज ऊर्जा मन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम रहेको सीनले जनाएको छ ।

भोटेकोशी–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको पुनर्निर्माण कहाँबाट सुरु गर्ने र सम्बन्धित निकायले के–कस्तो जिम्मेवारी निर्वाह गर्ने भन्ने अन्योलका बीच सीनले गत असोज ४ गते ऊर्जा क्षेत्रका विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरेको थियो । ‘Post Disaster Recovery and Resilience of Hydropowers Affected by Bhote Koshi–Trishuli Corridor’ शीर्षकको उक्त कार्यक्रममा विपद्पछिको पुनर्निर्माण र जलविद्युत् आयोजनाको उत्थानशीलताका विषयमा छलफल गरिएको थियो ।

छलफलबाट प्राप्त सुझाव तथा अन्य विज्ञहरूको रायसमेत समेटेर करिब एक महिनाको प्रयासपछि प्रतिवेदन तयार पारिएको सीनले जनाएको छ । प्रतिवेदन ऊर्जा मन्त्रीलाई हस्तान्तरण गर्ने योजना रहे पनि मन्त्री अन्य कार्यक्रममा सहभागी हुनुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

सीनले प्रतिवेदनमा उल्लेख गरिएका ऊर्जा विज्ञहरूका सुझाव तथा संस्थाका आफ्नै सिफारिसलाई सरकारले गम्भीरतापूर्वक अध्ययन गरी यथाशीघ्र कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणलाई व्यवस्थित बनाउन र भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न प्रतिवेदन उपयोगी हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा जलविद्युत् विज्ञ इन्जिनियर लक्ष्मण अर्यालले भोटेकोशी–त्रिशूली करिडोरका क्षतिग्रस्त आयोजनाहरूको अध्ययन गरी प्रत्येक आयोजनाका लागि छुट्टाछुट्टै सुझावसहित कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी, कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको पनि सहभागिता रहेको थियो । उनले काठमाडौं महानगरपालिका र सीनबीच भइरहेको सहकार्यप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी थिइन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img