काठमाडाैँ । सरकारले ग्रीन हाइड्रोजन उत्पादन गर्न स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२÷८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा उल्लेख गरेका हुन् ।
पौडेलले विश्वविद्यालय तथा निजी क्षेत्रको सहकार्यमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गर्ने बताए । सरकारले ग्रीन हाइड्रोजन उत्पादन हुने उद्योगका लागि पैठारी हुने मेसिनरी उपकरणमा सबै किसीमको कर महशुल नलाग्ने व्यवस्था गरेको छ ।
ग्रीन हाइड्राेजनलाई ५ वर्षसम्म आयकर छुट हुने व्यवस्था भएको छ ।








