Saturday, May 30, 2026
spot_img

३६ लाख घरधुरीद्वारा नवीकरणीय ऊर्जाको प्रयोग

spot_img

Share

spot_img

काठमाडौँ । आर्थिक सर्वेक्षण (आव) २०८१/८२ अनुसार हालसम्म नवीकरणीय ऊर्जाको प्रयोग गर्ने घरधुरीको संख्या ३६ लाख पुगको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको यसै वर्षको आर्थिक सर्वेक्षणमा उक्त कुरा उल्लेख गरिएको छ ।

आर्थिक सर्वेक्षणअनुसार २०८० साल फागुनसम्म नवीकरणीय ऊर्जा स्रोतबाट विद्युतको पहुँच पुगेको जनसंख्या ८ प्रतिशत रहेको थियो । २०८१ फागुनसम्म सो संख्या बढेर ८.५ प्रतिशत पुगेको छ ।

यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना जलविद्युत् आयोजनाबाट उत्पादीत विद्युत् १४१० किलोवाट रहेको थियो । यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म यस्तो उत्पादन ३ हजार ९८५ किलोवाट पुगेको छ ।

आव २०८०/८१ मा घरायसी वायोग्यासतर्फ १ हजार ४३२ प्लान्ट जडान भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ३ हजार २५७ प्लान्ट जडान भएको सर्वेक्षणमा उल्लेख छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img