Sunday, May 31, 2026
spot_img

‘लोडसेडिङ सुरु भएको होइन’

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।

उनले अत्यधिक गर्मी, सिँचाइ प्रयोजनका लागि विद्युत् मागमा अचानक भएको वृद्धिका कारण आज (आइतबार) देखि चितवनका केही क्षेत्रमा दैनिक ६ घण्टा लोडसेडिङ सुरु भएकाे भन्ने कुरामा सत्यता नभएकाे बताए ।

प्राधिकरणले नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर क्षेत्रका उपभोक्तालाई प्रभावित पार्नेगरी दिनमा दुईपटक गरी सेवा बन्द गरिएकाे जानकारी दिएकाे छ ।

चितवनमा रहेको सव-स्टेशन अपग्रेड गर्न पुरानो कन्डक्टर फेर्ने काम चलिरहेकाले आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए । शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img