Saturday, May 30, 2026
spot_img

थप दुई उद्याेगले पनि बुझाए विद्युत् महसुल बक्यौता

spot_img

Share

spot_img

काठमाडाैँ । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको हुलास स्टील इण्डष्ट्रिज र अशोक स्टिलले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेका छन् । उद्याेगीले शुक्रबार पहिलाे किस्ता बुझाएका हुन् ।

हुलासले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम दरको विद्युत् प्रयोग गरेबापतको बक्यौता रकम कुल १४ करोड १२ लाख रुपैयाँ रहेको थियो । यो बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । यसैगरी, अशोक स्टिलको १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रहेको रहेकाे छ । जसले २६ किस्तामा बक्यौता चुक्ता गर्ने गरी पहिलो किस्ताको ६३ लाख रुपैयाँ बुझाएको छ । 

हिजाे मात्रै तीन उद्याेगीले बक्याैताकाे किस्ता बुझाएका थिए । सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डिस्ट्रिजले किस्ता तिरेका हुन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img