Saturday, September 21, 2024
spot_img

बारा र पर्साका २१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण, विरगन्ज वितरण केन्द्रले पर्सा र वाराका २१२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान गरेको छ । केन्द्रले पुरानो ‘टिओडी (टाइम अफ डे)’ मिटर स्थापना गरी ‘स्मार्ट मिटर’ जडान गरेको हो ।

केन्द्रले ११ किलो भोल्ट वा सो भन्दा बढी भोल्टेज ‘सप्लाइ’ भएकाे एचटी मिटरीङ युनिट क्षमता २०० केभीदेखि २५ हजार किलोभोल्ट एम्पेरेस क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो ।

केन्द्रका अनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ०.२ एस एकुरेसी क्यालको स्मार्ट इनर्जी मिटर प्रतिस्थानि गर्ने नीतिअनुसार नया स्मार्ट मिटर निशुल्क जडान गरिएको हो । केन्द्रप्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका २१२ उद्योगमा निशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताए ।

प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ रकम पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ । कार्यालयका अनुसार ती उद्योगको सो मिटर जडान गर्न १ करोड ५२ लाख ६४ हजार रुपैयाँ रकम लागेको बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img