Thursday, October 10, 2024
spot_img

५०० मेगावाटसम्मका आयोजना स्वदेशी पुँजीले नै बनाउन सकिन्छः इप्पान अध्यक्ष कार्की

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले ५०० मेगावाटसम्मका आयोजना स्वदेशी पुजीमै निजी क्षेत्रले बनाउन सक्ने कुरा पुष्टि भएकोले विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

‘२८५ मेगावाट क्षमताको आयोजना स्वदेशी लगानीमा, स्वदेशी निजी क्षेत्रले बनाउन सक्छ भन्ने कुरा त आजको यो समारोहले नै पुष्टि गरिसकेको छ’ कार्कीले भने, ‘विद्युत् विधेयकमा स्वदेशी निजी क्षेत्रलाई १०० मेगावाटसम्मका आयोजनामा सीमित गर्न खोजिएको छ । १०० देखि ५०० मेगावाट सम्मका आयोजना निजी क्षेत्रले नै बनाउन सक्ने भएकोले विद्युत विधेयक संशोधन गरेर मात्रै संसदबाट पास हुनुपर्छ ।’

 २८५ मेगावाटको आयोजनामा लगानी गर्ने सब स्वदेशी बैक तथा वित्तीय संस्थालाई धन्यवाद दिदै कार्कीले आयोजना बन्दा यसले बिजुली मात्रै उत्पादन नगरेर राज्यले गर्नुपर्ने पूर्वाधार विकासका धेरै काम जलविद्युत आयोजनाले नै गरिरहेको पनि बताए ।

‘आयोजना बन्दा हजारौं किलोमिटर बाटो बनाउछन्, विद्यालय, अस्पताल, खानेपानी लगायतका पुर्वाधारमा लगानी गरेका हुन्छन् ।’ उनले भने, ‘तर हामीलाई दुख दिने काम बन्द भएका छैनन् । भन्सारमा सामान रोकिएको ४ महिना भएको छ । एउटा कर्मचारीका कारण प्रवर्द्धकले करोडौं नोक्सानी व्यहोर्नुपरेको छ ।’

सरकारले २८ हजार मेगावाट उत्पादन गर्ने र भारत, र बंगलादेशमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने, १३ हजार मेगावाट आन्तरिक खपत गर्ने कुरा धेरै पहिलीदेखि भन्दै आएपनि बजेटमा भने निजी क्षेत्रलाई नसमेटेकोमा अध्यक्ष कार्कीले दुख व्यक्त गरे ।

१० हजार मेगावाट विद्युत निर्यातको सम्झौता नै भइसकेको उल्लेख गर्दै कार्कीले २८ हजार मेगावाट उत्पादनका लागि आवश्यक ४६ खर्ब रुपैयाँ लगानीका लागि पनि स्वदेशी बैंक तथा वित्तीय संस्था तयार हुनुपर्ने र  अपुग रकम मात्रै विदेशी लगानी ल्याउनुपर्ने बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img