Friday, September 11, 2026
spot_img

अपर म्याग्दी–१ को २ हजार ५०६ मिटर सुरुङ ‘ब्रेक थ्रु’

spot_img

Share

spot_img

काठमाडाैँ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको अडिटदेखि बाँधतर्फको सुरुङ ‘ब्रेक थ्रु’ (छेडिएको) छ । आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीमा रहेको अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युत्गृहतर्फ जोड्ने सुरुङ बुधबार जोडिएको हो ।

अडिटदेखि बाँधतर्फ जोड्ने २ हजार ५०६.३९ मिटर सुरुङ ब्रेक थ्रु भएको आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए । उनका अनुसार हालसम्म समग्रमा ५६ प्रतिशत भौतिक प्रगति भएको र आगामी एक वर्षभित्र सम्पन्न हुनेछ । विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टरले विसं २०८१ भदौ महिनादेखि मुख्य सुरुङ निर्माण थालेको थियो ।

बाँध, सुरुङ र विद्युत्गृह निर्माणका साथै हाइड्रो र इलेक्ट्रोमेकानिकलतर्फको कामलाई तीव्र पारिएको छ । बर्खायाममा आयोजना निर्माणस्थलमा पर्ने बेनी–दरबाङ सडकको फापरखेत पहिरो, दुखुखोला सडक पुल जोखिममा पर्ने र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइएको असर अपर म्याग्दी–१ लगायतका जलविद्युत् आयोजना निर्माणमा परेको छ ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत् गृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि १.५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनबाट यस आयोजनाबाट वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युत् गृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युत् गृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img