काठमाडौँ । काठमाडौँ विश्व विद्यालय (केयू) र भिरक एण्ड कम्पनी प्रालिबीच ग्रीन हाइड्रोजन प्रवर्द्धन गर्न समझदारी भएको छ । नेपालमा ग्रीन हाइड्रोजनको व्यापारीक उत्पादन तथा नीति निर्माणमा वकालत गर्नेगरी समझदारी भएको हो ।
ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन तथा आर्थिक एंव प्राविधिक हिसाबले सम्भाव्य र नाफामुखी बनाउन आवश्यक कार्य गर्नका लागि केयू र भिरकबीच सोमबार (जेठ २८ गते) समझदारी भएको केयूका सहप्राध्यापक एव ग्रीन हाइड्रोजन ल्याबका प्रमुख विराजसिंह थापाले जानकारी दिए ।
केयूसँग ग्रीन हाइड्रोजन उत्पादन सम्बन्धि प्राविधिक ज्ञान भएको हुँदा व्यापारिक उत्पादन गर्नका लागि लगानी गर्न आउने निजी कम्पनीलाई आवश्यक कार्यमा सहजीकण गर्न समझदारी भएको हो ।
केयूले ग्रीन हाइड्रोजनको व्यापारीक उत्पादन तथा प्रवर्द्धन गर्न यसअघि पनि विभिन्न संघ संस्थाहरूसँग समझदारी गरिसकेको छ ।केयुले लामो समयदेखि नेपालमा ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादन सम्भाव्यताबारे अध्ययन गर्दै आएको छ । केयुकै पहलमा सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएको छ ।