काठमाडाैँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले डा.धिताललाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
अध्यक्ष धितालको शपथ लगत्तै अध्यक्ष धितालले आयोगका सदस्य डा.मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराए । सपथ ग्रहणसँगै उनीहरू आयाेग पुगेर जिम्मेवारी सम्हालेका हुन् ।
डा.धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन् । उनी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक समेत थिए । यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरूमा डा.अधिकारी र शर्मालाई नियुक्त गरेको थियो । सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे ।
पदभार ग्रहण गर्दै डा.धितालले उर्जा विकासमा केन्द्रित रहेर काम गर्ने बताए । उनले अन्य उर्जा कम्पनीसँग समन्वयन गरेर संस्थालाइ नयाँ उँचाइमा पुर्याउने प्रतिवद्धता गरे ।