Friday, March 28, 2025
spot_img

प्राधिकरणले थप दुई उद्योगको पनि लाइन काट्यो

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकणले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेवापतको विद्युत् महसुल बक्यौता बुझाउन नआएको भन्दै थप दुई उद्योगको लाइन काटेको छ । मंगलबार मात्र ३ उद्योगको लाइन काटेको प्राधिकरणले फेरि जगदम्बा सिन्थेटिक्स प्रालि र हुसाल स्टिलको लाइन काटेको हो । यो सँगै प्राधिकरणले ५ वटा उद्योगको लाइन काटेको छ ।

जगदम्बाको १६ करोड रुपैयाँ बढी र हुलासको ११ करोड २९ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

प्राधिकरणले मंगलबार मात्रै बक्यौता तिर्न नआएको भन्दै रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियाे । लामो सयमदेखि बारम्बार ताकेता गर्दा, बिल पठाउँदा पनि बक्यौता नबुझाएपछि लाइन काटेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

महसुल नबुझाउने अन्य उद्योगको पनि लाइन काट्ने तयारी भइरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले यस अघि बक्यौता बाँकी भएका उद्योगहरूलाई बाँकी बक्यौता भुक्तानी गर्न भन्दै बिल पठाएको थियो । उद्योगीहरूले भने हचुवाको भरमा पठाएको वा प्रमाणविनाको फर्जि बिल भन्दै बक्यौता तिर्न अस्विकार गर्दै आएका छन् । उनीहरूले के प्रमाणको आधारमा बिल पठाएको हो स्पष्ट पार्नु भन्दै जवाफ माग गर्दै आएका थिए ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

प्राधिकरणले गत मंसिरमा पनि ६१ उद्योगको २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको भन्दै २४ उद्योगको बिजुली काटेको थियो । सरकारले भने आयोग बनाएर विवादको समाधान निकाल्ने बताएसँगै २० दिनपछि उद्योगमा बिजुली जोडिएको थियो । साेही आयोगकाे प्रतिवदेनअनुसार प्राधिकरणले उद्याेगीहरूलाइ बक्याैता तिर्न पत्राचार गरेकाे हाे ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img